काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले कोभिड–१९ संक्रमित नगरबासीलाई उपचारको लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख महेश खरेलले एक अपिल जारी गर्दै उक्त कुराको घोषणा गरेका हुन् ।
‘यस विषम परिस्थितीमा हाम्रो पाँचखाल नगर क्षेत्र समेत दोश्रो लहरको नयाँ भेरिएन्ट सहितको कोभिड १९ बाट प्रभावित बन्दै गएको परिप्रेक्षमा यस रोगबाट संकमित भई अस्पतालमा उपचार गराउनु पर्ने अवस्थाका उपचारत अति विपन्न नागरिकहरुलाई सम्वन्धित वडा कार्यालयको सिफारिसमा अस्पतालको प्रमाणित कागजातको आधारमा कोभिड १९ उपचार खर्च वापत रु १०,०००।– (अक्षरेपी दश हजार रुपैयाँ) उपलब्ध गराईने व्यहोरा आदरणीय नगरबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछ ।’ अपिलमा भनिएको छ ।
नगर प्रमुख खरेलले जारी गरेको अपिल
पाँचखाल नगरवासीहरुमा अपिल आदरणीय नगरबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरु,
विश्वमा महामारीको रुपमा देखा परेको नयाँ भेरिएन्ट सहितको कोरोना (कोभिड १९) भाईरसको संक्रमणबाट सुरक्षित रहन अपनाउनु पर्ने साबधानिका उपायहरु अपनाई यस नगरलाई सुरक्षित राख्न मद्दत गरीदिनु हुन सम्पूर्ण नगरबासीहरुमा म हार्दिक अनुरोध गर्दछ । यस विषम परिस्थितीमा हाम्रो पाँचखाल नगर क्षेत्र समेत दोश्रो लहरको नयाँ भेरिएन्ट सहितको कोभिड १९ बाट प्रभावित बन्दै गएको परिप्रेक्षमा यस रोगबाट संकमित भई अस्पतालमा उपचार गराउनु पर्ने अवस्थाका उपचारत अति विपन्न नागरिकहरुलाई सम्वन्धित वडा कार्यालयको सिफारिसमा अस्पतालको प्रमाणित कागजातको आधारमा कोभिड १९ उपचार खर्च वापत रु १०,०००।– (अक्षरेपी दश हजार रुपैयाँ) उपलब्ध गराईने व्यहोरा आदरणीय नगरबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछ ।
महेश खरेल
नगर प्रमुख