काठमाडौं । चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ मा ‘काकु’ भनेर चिनिने कलाकार दीपक प्रसाद आचार्यलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई कोरोना संक्रमण भएको बारे कलाकार दीपकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले गत बुधबार सक्किगोनिको सुटिङ्गबाट फर्किएपछि ज्वोरो आउने र जिउ दुख्ने समस्या देखिएको र कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् – गत बुधबार सक्किगोनिको सुटिङ्ग बाट फर्किय लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो, क्रमशः यो समस्या बढ्दै गय पछि कोभिड टेस्ट गर्दा रिजल्ट पोजिटिभ आयको छ ! ! म होम आइसोलेसन मा मेरि श्रीमति को उच्च रेखदेख र केयर मा छु, मनोवल उच्च छ ! आशा छ म चांडै कोभिड सङ्ग को लडाइ मा विजयी हुनेछु ! ! केहि दिन यता म सङ्ग प्रतक्ष सम्पर्क मा रहनु भयका ब्यक्ति हरुलाइ कोभिड टेस्ट गराइ सुरक्षित रहनुहुन अनुरोध गर्दछु ! सोचे जति सामान्य हुदै हैन यो महामारी ! ! तर शबै मिलेर अबस्य पनि यशलाइ जित्ने छौ! मोबाइल को स्क्रीन पटक्कै हेर्न मन लाग्दैन! स्वास्थ्य अवस्था सामान्य हुना साथ तपाइँहरु सङ्ग जोडिने छु ! अन्त्यमा भन्नै पर्ने कुरा सरकार को मात्र भर न परौँ, तपाइँ हाम्रो जिन्दगी आफ्नै अधिन मा छ ! “जीवन बाचुन्जेल लाइ हो नी, सकिय पछि त सक्किगोनी “