काठमाण्डौ – जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आ’रोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासको भनाइ छ । कोरोना सङ्क्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ । दुताबासको सूचना यस्तो छ !
यस वर्षको रमादान पर्वको .अवसरमा कताहका केन्द्रिय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आ’रोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी दिईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ। यसअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्येनजर गरी नेपाली कैदी बन्दीहरुको रिहाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो ।
आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने व्यहोरा समेत जानकारीका गराईन्छ ।