चितवन – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष र बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुष रहेका छन् ।
४५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै ६५ वर्षीय पुरुषको पनि आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।