वीरगञ्ज । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्षले कार्यालय प्रयोजनका लागि प्राप्त गरेको सरकारी गाडीको दु’रुपयोग भएको पाइएको छ ।कार्यालयले अध्यक्षलाई गाउँपालिकाको काम का’रवाहीमा प्रयोग गर्न दिएको गाडी उनका छोराले दु’रुपयोग गरेको भेटिएको हो । गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारीका छोराले गाउँपालिकाको सरकारी नम्बर प्लेटको गाडीलाई शुक्रबार अंग्रेजी नयाँ वर्ष दिन पिकनिकमा लगेर दु’रुपयोग गरेका छन् । नियम अनुसार गाउँपालिकाले अध्यक्ष अथवा कुनै जनप्रतिनिधिलाई दिएको सवारीसाधन कार्यालय प्रायोजन बाहेक प्रयोग गर्न मिल्दैन ।
अध्यक्ष अन्सारीका छोराले गाडीको दु’रुपयोग गरेपछि स्थानीयहरु आ’क्रोसित भएका छन् । स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत गाउँपालिका अध्यक्षप्रति आ’क्रोश व्यक्त गरेका छन् ।गाउँपालिकाबाट अध्यक्षले प्राप्त गरेको प्रदेश नम्बर २ २–०३–००१२ नम्बरको स्कार्पियो गाडीमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका छोराहरु अंग्रेजी नयाँ वर्षका दिन वनभोज गएका थिए । बनभोजमा उनले गाडीमाथि चढेर खिचाएको फोटो सामाजिक सञ्जालमा राखेपछि घ’ट्ना बाहिर आएको हो । तस्वीरमा अध्यक्ष अन्सारीका छोरा गाडीको अगाडिको भागमा बसेर तस्वीर खिचाईरहेको देखिन्छ ।
स्थानीय तह चुनावमा तत्कालिन स’ङ्घीय समाजवादी फोरम नेपालबाट विजयी भएका अन्सारीका छोराले आफूसँगै वडा नम्बर ४ का वडा अध्यक्षका छोरा र केही साथीहरुलाई समेत लिएर नयाँ वर्षको पिकनिकमा गएको स्थानीयहरुले बताएका छन् । अध्यक्षका छोराले समय-समयमा गाउँपालिकाको गाडी दु’रुपयोग गर्ने गरेको स्थानीयहरुको भनाई छ ।स्थानीयहरुका अनुसार गाउँपलिकाका अध्यक्ष मु’स्तुफा अंसारीको ने’तृत्वमा गाउँपालिकामा च’रम भ्र’ष्टाचार तथा मनपरी समेत ब’ढेको छ । गाउँपालिकाका अध्यक्ष नै यसरी भ्रष्टाचार तथा सरकारी स्रोत सा’धनको दु’रुपयोगमा लिप्त भएपछि स्थानीय अ’गुवा तथा सचेत नागरिकहरुले चि’न्ता व्यक्त गरेका छन् ।
गापाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले तस्वीरमा देखिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गरेको भए पनि वनभोज लिएर गएर दु’रुपयोग भएको भन्ने सन्दर्भमा आफु अ’नभिज्ञ रहेका प्रतिक्रिया दिए ।यता, गापा अध्यक्षलाई सम्पर्क गरे प्रयास गर्दा सम्पर्क हुन सकेन । उनका भाई स’बिर अन्सारीले भने गाडी काम विशेषले काठमाडौं गएर फर्किएको बताए ।तस्वीरमा गाडीसँगै देखिएका वडा नं. ४ का अध्यक्षका छोराको विषयमा बुझ्न खोज्दा वडाध्यक्ष शे’ख जवाहरले उक्त फोटो पुरानो रहेको दा’बी गरे । गाडी वनभोजमा नगएको दा’बी गर्दै पार्किङ्गमा राखिएको बेला फोटो खि’चिएको हुन सक्ने बताउँदै उनि पन्छिन खोजे ।
About Us Stories Share your story. vgrmalaysia.net Contact Us Inquiries.