काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि पुनः भारत लैजाने तयारी भएको छ ।लामो समयदेखि बि’रामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।भारतका चिकित्सक र अस्पतालसँग सिताको उपचारका बारेमा परामर्श भइराखेको जनाइएको छ ।‘यहाँका चिकित्सकहरुले आमाको रिपोर्ट लिएर भारतका विशेषज्ञ चिकित्सकसँग सल्लाह गरिराख्नु भएको छ ।
चार/पाँच दिनभित्र आमालाई भारत लाने तयारी हुँदैछ’, प्रचण्डका निजी सचिव तथा पुत्री गंगा दाहालले भनिन् । प्रचण्ड पत्नी सीता स्म’रण श’क्ति क्षी’ण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै ल’ड्ने जस्ता स’मस्याबाट पी’डित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स ह’प्किन्स आ’उटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।