काठमाडौं। अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि दश/दशवटा घर बनाउने घोषणा गरेको जानकारी दिएकी हुन्।
उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन्।
उनले हातमा हात र काँधमा काँध मिलाएर सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा आग्रह गरेकी छिन्। एलिजाले सिन्धुपाल्चोकका बाढी पहिरोका पीडितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन्।
उनले आर्थिक अभावले समस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन्। लकडाउनमा खुला मञ्चमा काम बन्द भएर खान नपाएको मजदुरहरुलाई खाना खुवाउन पनि सहयोग गरेकी थिइन्।
अभिनेत्री गौतमले लकडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर बनेर आएको बताउदै आएकी छिन्।