काठमाडौं । अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।
आइतबार देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । त्यस्तै कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा र प्रदेश नं २ मा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ ।
प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनिप्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।
त्यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको समभावना रहेको छ ।