काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।