काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका लामिछाने आइतबार अस्पताल भर्ना भएका हुन् ।
श्वासप्रश्वासमा समस्या आएपछि उनी हृयाम्स अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।