काठमाडौं । अमेरिकामा एक नेपाली डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको देवपुरा घर भएका ३३ वर्षीय डा. रोशन झा रहेका छन् ।
उनको शुक्रबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । बिहान बिरामी रहेका उनको दिउँसो एक्कासी हृदयघात भए लगत्तै मृत्यु भएको हो ।
न्युयोर्क रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत उनी श्रीमती श्वेता ठाकुरसँगै अमेरिकामा बस्दै आएका थिए। उनको केही बर्ष अगाडी मात्र विवाह भएको थियो ।