काठमाडौं – दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको ज्यान गएको छ । ज्यान जानेमा तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारी रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको शनिबार राति उपचारको क्रममा ज्यान गएको हो । साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर ज्यान गएको जनाइएको छ ।
कुर्सीबाट लडेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । उनी उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत थिए ।