काठमाडौं – बुटवलमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका – ६ का ६२ वर्षीय पुरुष रहेका छन् ।
उनको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
उनलाई कात्तिक २३ गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।