पांचखाल न पा ४ तामाघाटमा संचालित स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सेवा केन्द्र द्वारा नियम बिपरित सेवा शुल्क , ब्याज , निरिक्षण रकम फर्म रकम भन्दै शेयर सदस्यहरुमा ठगि गरिएको कुरा बुझिन आएको छ ।
बनेपा-६ काभ्रेपलान्चोक मुख्य कार्यालय रहेको उक्त संस्था को दर्ता न. २३८५ रहेको छ। यस सन्दर्भमा एक शेयर सदस्य कौशिला माझी पनि ठगिन पुगेको जानकारी प्राप्त भएको छ । उनको अनुसार मिति २०७७/०६/२५ गते ब्यबसायिक प्रयोजनका लागि उक्त सहकारी संस्था बाट रू ४०,००० रुपैया ऋण लिएका थिए । यस अघि उनको यस संस्थामा कुनै किसिमको कारोबार नरहेको पाइएको छ । उनको भनाइ अनुसार अरु सहकारी संस्थाहरुमा कारोबार गरिरहदा यसै संस्थाले चाही अरु संस्थाले भन्दा सेवा शुल्क , ब्याज , निरिक्षण रकम , फर्म शुल्क धेरै लिइरहेको देखियो । यसरि यस संस्था बाट ४०,००० ५०,००० १,००,००० जति नै रकम कर्जा लिएपनि अन्दाजी रू १०,००० जति रकम हिनामिना हुने गरेको देखियो। उक्त सहकारी ले यसरि नै अन्य सदस्यहरुलाई पनि ठगि गर्दै आइरहेको देखियो ।सहकारी संस्थाले पैसा दिदा कानुनी रुपमा आवश्यक अनुसारको कागज बनाए पनि उल्टै कौशिला माझी बाट NIC बैंक को खाली चेक लिएको देखियो ।
कौशिला माझीका अनुसार यस संस्था बाट ठगिन पुगेपछि उनले पाँचखाल नगरपालिकामा उजुरी पेश गरेकी छिन ।
नगरपालिका सहकारी विभागमा पेश गरेको निबेदन :
यस्तै हुन्छ सहकारी संस्थाको भौचार