काठमाडौं । काठमाडौंको मध्यबानेश्वरको ग्लोबल आइएमई बैंकमा अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट बैंकका सुरक्षा गार्ड गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सुरक्षा गार्ड रुद्र बहादुरलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको छ । बैंकमा लाइनमा बस्ने विषयमा विवाद उत्पन्न भएको थियो । ती व्यक्तिले गार्डकै खुकुरी निकालेर हिर्काएका थिए ।
दिउँसो २ बजे खुकुरी प्रहार गरेर फरार भएका व्यक्तिको खोजी चलिरहेको छ । प्रहरीले उनको पहिचान भइसकेको जनाएको छ ।