काठमाडौं – मंगलबार अमेरिकी डलरसहित अन्यकेही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ७८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ १४ पैसा तोकिएको छ।
एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।