• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • ६९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कोरोनाबाट संक्रमणबाट थप ५ जनाको मृत्यु

  • संदेश पत्र
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • फाईल तस्विर

    ठमाडौं । देशका विभिन्न ठाँउमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

    धरानमा १ जनाको मृत्यु भएको छ भने रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ।

    रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषको आज मात्र कोरोना पुष्टि भएको छ । अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो।

    लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो।

    मृतकको पिसिआर परिक्षण रिपोर्ट आज पोजेटिभ आएपछि उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    उनलाई कोरोना सङ्क्रमणका लक्षणमध्ये श्वासप्रश्वासको समस्या देखिएको थियो । प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो।

    यस्तै बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको अस्पतालले जनाएको छ।

    यही असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुधबार बिहान कोरोना विशेष अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.गौतमले जनाएका छन।

    राँझा– बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुईको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ।

    बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचाररत लक्षणसहितका ११२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशन वार्डमा रहेका बिरामीमध्ये २१ जनाको अवस्था गम्भीर छ।

    भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोभिड विशेष वार्ड सञ्चालनमा छन्।

    ती वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ । आठ सघन उपचार कक्षसहित ७२ शय्या क्षमता रहेको भेरीको कोभिड आइसोलेशन वार्डमा अहिले ६० बिरामी उपचाररत छन्।

    तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । सैँतीज जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए।

    सय शय्या क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ बिरामी उपचाररत छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर तथा पाँच जनाको मध्य र ४४ जनाको सामान्य छ ।

    यस्तै, धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

    इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।

    उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

    कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो। बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो।

    उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए।

    यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ।-रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    कोरोना भाइरसबाट आज एक जनाको मृत्यु

    अभिताभ बच्चन कोरोना संक्रमित

    कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण

    जापानमा कोभिडका कारण एक दिनमा ३४३ जनाको मृत्यु

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution