काठमाडौं – आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरिए पनि आज प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
आजको बैठकको एजेण्डाबारे भने केही बताइएको छैन । यसअघि आइतबार पेरिसडाँडामा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकका मन्त्रिपरिषद्को पुनगर्ठन गर्ने निर्ण गरिएको थियो ।