काठमाडौं – आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मात्र पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ।
अहिले प्रदेश न. १ मा पूर्णतया बदली रहेको छ भने अन्य स्थानको मौसम समान्य रहेको छ । आज पूर्वका एक दुई स्थानमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
आज दिउँसोपछि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली र प्रदेश नं ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । त्यस्तै आज पूर्वका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।