काठमाडौं – अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एउटै चलचित्रमा देखिने भएका छन् । निर्माता रमेश एम के पौडेलले निर्देशनमा बन्न लागे नयाँ चलचित्र ‘रेड वाइन’ यी दुवै एकसाथ देखिने भएका हुन् ।
पछिल्लो समय धेरै नै रुचाइएको अभिनेता पल शाह र साम्राज्ञीको जोडी अब यस चलचित्रमा देख्न पाइने भएको छ । हाल अमेरिकामा रहेका निर्देशक पौडेलले यस चलचित्रको छायाङ्कन पनि अमेरिकामा नै हुने बताएका छन् ।
उनले चलचित्र ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ पनि निर्माण गरेका थिए । नयाँ चलचित्र रेड वाइनमा पौडेलकै कथा र गीत लेखन रहने बताइएको छ । चलचित्रमा पल र साम्राज्ञीसँगै सन्दिप क्षेत्री र इमिली लामाको पनि अभिनय रहने बताइएको छ ।
चलचित्रको सह–निर्माता निरु भण्डारी रहनेछिन् भने पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन्। चलचित्रमा पासांग लामा र आर्यन पौडेलले लगानी गर्नेछन् ।