नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ ।आइतबारको तुलनामा सुनको मुल्यमा प्रतितोला २ सय रुपैंया वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार २ सय र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको जनाएको छ ।सुनको मुल्य तोलामा २ सयले वृद्धि हुँदा चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर १३ सय २० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
विगत १ महिनादेखि सुनको मुल्य १ लाख भन्दा तल नै कारोबार भैरहेको छ । भदौ २ र ३ गते १ लाख ४ सय मा कारोबार भएको सुनको मुल्य त्यसपछिका कुनै पनि दिन १ लाख वा सो भन्दा माथि पुगेको छैन ।
साउन २३ गते तोलाको १ लाख ३ हजार ५ सयमा सुनको कारोबार हुँदा व्यवसायीहरुले सुनको मुल्य १ लाख ३० हजारसम्म पुग्ने अनुमान गरेका थिए । तर व्यवसायीहरुको अनुमान अनुसार सुनको मुल्य उकालो लाग्नुको साटो निरन्तर ओरालो वा स्थिर भैरहेको छ ।