• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, शुक्रबार
in
होमपेज / समाचार
  • ७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फेरिंदै काफलडाँडाको मुहार, झरना हेर्न आन्तरिक पर्यटकको भीड

  • संदेश पत्र
  • २०७७ आश्विन ४, आईतबार (४ साल अघि)
  • फाईल तस्विर

    बनेपा । पहिला पहिला गाई बाख्रा र घाँस दाउरा गर्ने बेलामा फाट्टफुट्ट मात्रै मान्छेको भेटघाट हुने काफलडाँडामा हिजोआज दैनिक हजारभन्दा बढीको सङ्ख्यामा मानिसको आवतजावत हुनेगरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका­२ काफलडाँडास्थित पर्यटकीयस्थल तीन धारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै त्यहाँ मानिसको आवतजावत मात्रै नभई त्यहाँको मुहारमा समेत फरक आएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

    विशेषगरी सामाजिक सञ्जालमार्फत झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट झरना अवलोकन गर्न जानेहरुको सङ्ख्या बढेको हो । बनेपा नगरपालिका ­१२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत नै थाहा पाएर झरना हेर्न पुगेको बताउनुभयो । “सामाजिक सञ्जालबाट जति थाहा पाएको थिएँ, त्यहाँ पुग्दाखेरी त्यो भन्दा बढी छुट्टै आनन्दको महशुस भयो” उहाँले भन्नुभयो, “जानको लागि बाटो असहज भएपनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सान्दर्यताले गर्दा सबै कष्ट भुलिंदो रहेछ ।”

    बाटोलाई सुधार गर्दै पर्यटन पूवाधारको कामलाई अलि व्यवस्थित गर्न सकेको खण्डमा झरनामध्येकै नेपालको प्रमुख आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ छ । स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र सङ्घ सरकारको पहलमा त्यो ठाउँको संरक्षण, प्रवद्र्धन र विकासका लागि लागेको खण्डमा झरनाको महत्व र आकर्षक थप बढ्ने उहाँले बताउनुभयो । ललितपुर पाटनढोकाका प्रेम सुनवार पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृश्य र तस्बिर देखेपछि घुम्न आएको बताउनुभयो । “झरना जति मनमोहक छ, त्यति नै दृश्यावलोकन गर्ने ठाउँ डाँडाहरुमा हिँडडुल गर्न जोखिम रहेछ, डाँडाको वरपर बार लगाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

    काठमाडौं महाराजगञ्जका विमला विष्टले प्राकृतिक ठाउँ भएको काण बढी सिंगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा नै वास्तविक सुन्दरता झल्किने बताउनुभयो । त्यहाँसम्म पुग्ने बाटो अप्ठ्यारो भएपनि झरना पुगेपछि निकै आनन्द मिलेको उहाँको भनाइ छ । वडा नं १२ का वडाध्यक्ष पोते लामाले महाभारत क्षेत्रको भुरुङ्गे लेकबाट निस्केको मुहानबाट तीन ठाउँबाट झरना झरेकाले तीन धारा नाम रहेको बताउनुभयो । यस झनामा नुहाउँदा छालाका रोग निको हुने जनविश्वास समेत रहेको उहाँले बताउनुभयो । सो झरनादेखि पूर्वमा अर्का दुईवटा रानी झरना र महावीर झरना समेत उत्तिकै आकर्षक र मनमोहक रहेका छन् ।

    रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिसकेको र नेपाल पर्यटन बोर्डमा पनि संरक्षणको लागि पल भइरहेको जानकारी दिनुभयो । पालिकाले प्राविधिक टोली खटाएर झरना आउने जाने ठाउँको करिब एक किलोमिटरको बाटोमा दुबैतिर बार लगाउने र झरना आसपासमा हिँडडुल गर्न सहज हुने गरी बार गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष दलबहादुर लामाले त्यो ठाउँसम्म पुग्ने बाटो असजिलो भएकाले त्यसलाई व्यवस्थापन गर्न टाढाटाढाबाट आउने पर्यटकलाई बस्नको लागि राम्रो व्यवस्था समेत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि प्राविधिक टोली खटाएर अनुसन्धान गरिने र बासस्थानको लागि घरबास बनाउन अनुदानको व्यवस्था पनि गरिनेछ भन्नुभयो ।

    पहिला घरायसी सामान किन्नको लागि समेत तल बेंशीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीय वासिन्दाले अहिले झरनाका कारण आन्तरिक पर्यटकको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसायका लागि पसल राख्न थालेका छन् । बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा जग्गा लिएर पसल शुरु गरेका छन् ।

    काफलडाँडाका ईश्वरी मगरले झरना हेर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि बाटो छेउमा पसल राख्नु शुरु गरेको बताउनुभयो । “मान्छेको आगमन बढ्दै गएपछि अलिअलि भएपनि हुन्छ कि भनेर व्यापार गर्न थालेको हुँ” उहाँले भन्नुभयो, “दैनिक गुजारा गर्न पुग्ने ब्यापार भएको छ ।” उहाँ मात्रै नभई त्यहाँका अरु गाउँलेले पनि त्यसरी नै त्यहाँ फलेका फलफूलको पसल राखेर व्यवसाय शुरु गरेका छन् ।

    सोही डाँडामा मःमः पसल शुरु गर्नुभएका मनोज बराइलीले अचेल दैनिक ४ देखि पाँच हजारसम्म आम्दानी भएको बताउनुभयो । रोशी गाउँपालिका­१ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आउनुभएका उहाँ कोरोना भाइरस महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर मःम पसल शुरु गरेको बताउनुभयो । पर्यटकको चहलपहल बढेसँगै फलामेसाँघु, नारायणटार, चण्डीवेशी चण्डीडाँडा र काफलडाँडाले बजारको रुप लिँदै छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution