काठमाडौं – शुक्रबार देशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ ।आज देशका यी स्थानमा ठुलो पानी पर्ने
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा हल्का पानी परिरहेको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
आज देशभर सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना छ भने गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।