काठमाडौं – शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १५ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०८पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ २६ पैसा तोकिएको छ।