काठमाण्डौ, काठमाण्डौमा शक्तिशाली भूकम्पको महशुश भएको छ ।बिहान ५ बजेर १९ मिनेट जादा शक्तिशाली भूकम्पको धक्का महशुस भएको हो ।भूकम्पपछि काठमाडौंमा धेरै ठाउँमा मानिसहरु घर बाहिर निस्किएको देखिएको छ । धेरै समय पछि मानिसहरु घर बाहिर निस्कने स्तरको भूकम्प गएको हो । उपत्यका सहित मध्यमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।