काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै कुलमान घिसिङ को कार्यकालको निरन्तरता हुनुपर्ने र यो आफुको विश्वास मात्र नभई माग पनि रहेको बताएका छन् ।
उनले स्टाटसमा कलमानलाई सम्बोधन गर्दै अन्धकार देशलाई उज्यालो बनाउने र देशको युग नै बदल्ने सपुतको मात्रै पदको हक लाग्ने बताएका छन् ।
उनले भनेका छन् – कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।
तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरालागि” महा पाप हो।प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन, किन्तु,But, परन्तु, तर… केहि होइन,Just कुलमान घिसिङ..