आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन –
Caring for you is my JOB, making you Happy is my DUTY & LOVING you is my LIFE ❤️❤️Happy Birthday to the one “who completes my soul.”🎂💕💐Thank you for making me SMILE like CRAZY 😜😇😄😁😜
Posted by Nekita Poudel on Saturday, September 12, 2020
त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्मदिनको धेरै धेरै शुभकामना रबी दाई !अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजाल रंगिएको छ।
सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !