काठमाडौँ। वास्तु शास्त्रका अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । वास्तु शास्त्रलाई विश्वास गर्नेहरुले यसलाई उच्च स्थानमा राखेका छन् । त्यसैले घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउने गरिन्छ ।
घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास रहेको छ । हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ ।
यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नास हुने विश्वास वास्तुमा रहेको छ । वास्तु शास्त्रमा मानिसले एउटा घरमा बस्न थालेपछि त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्ने विश्वास रहेको छ । त्यसैले घरको निर्माण गर्दा बिशेष ध्यान दिनुपर्छ ।
१. वास्तुका अनुसार घरभन्दा पूर्व दिशा कुनै कारणले अग्लो छ भने यस्तो लाई अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार पूर्व्दिशामा भएको बाटोमा घर ढेपेर बनाइएको छ र पश्चिम दिशा चाहिँ खाली हुनु पनि राम्रो हुँदैन । पूर्व दिशामा फोहोर फाल्ने ठाउँ या फोहोर संकलन गर्ने ठाउँ हुनु पनि अशुभ मानिन्छ । साथै आफ्नो घरको यस दिशामा पुराना संरचनाहरुको भग्नावशेषहरु छन् भने पनि अशुभ नै मानिन्छ ।
२. वास्तुका अनुसार पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ । यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ ।
३. वास्तुशास्त्रका अनुसार भाडा लगाइने घरमा घरमूली सँधै सबैभन्दा माथिको तलामा बस्नु शुभ हुन्छ भने घर सकेसम्म धेरै समय खाली गरेर नराख्नु नै राम्रो हुन्छ । घरको कम्पाउन्ड पनि पश्चिम भन्दा पूर्व होचो हुनु शुभ मानिन्छ ।
४. वास्तुका अनुसार पूर्व दक्षिण हुँदै पश्चिमसम्म घामको प्रकाश जाने भएकाले यस दिशालाई नराम्रो मान्नुपर्ने भने देखिँदैन । केही विशेष परिस्थिति बाहेक अन्य प्रयोजनको लागि दक्षिण दिशा पनि प्रयोग गर्न सकिने देखिन्छ । हिन्दुधर्मका अनुसार दक्षिण दिशालाई यमराज र भैरवको दिशाको रुपमा मानिन्छ ।
५. वास्तुका अनुसार घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन । यस दिशामा अरु दिशामा भन्दा बढी ठाउँ खाली छोडिएको छ भने घरमा धन सम्पति र मान मर्यादामा समस्या हुने मानिन्छ । घरको छत अर्थात् ढलान दक्षिणतिर ढल्केको हुनु पनि अशुभ मानिन्छ । छतको पानीको निकास पूर्व उत्तर वा पश्चिमतर्फ हुनुलाई राम्रो मानिन्छ । घरको दक्षिणतर्फ बनाइएको पर्खाल आग्नेय कोण वा दक्षिण दिशातर्फ ढल्केको छ भने पनि राम्रो मानिँदैन ।