काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेलका १ पुरुष, बनेपाका १ पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संख्या अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ । जसमा १४३ महिला र २३४ पुरुष रहेका छन् । १९५ जना निको भइसकेका छन् । १२१ जना पुरुष र ७५ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।अस्पतालको आइसोलेसनमा १३३ जना रहेका छन् भने घरकै आइसोलेसनमा ४८ जना रहेका छन् ।