काठमाडौं । सरकारले विभिन्न पसल सञ्चालन गर्नका लागि बार तोकेको छ।उपत्यकाका ३ वटै जिल्लाका सिडिओले बार र समय अनुसार पसल खोल्न दिने गरी मापदण्ड तयार गरेका हुन।पसल संचालन गर्दा स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन भने आग्रह गरिएको छ।सरकारी निर्णय अनुसार अब उपत्यका भित्र रहेका सपिङ मल हप्तामा ३ दिने मात्रै खुल्ने भएका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक्स पसल लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न पाइने छ।भाँडा भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइने छ।
फर्निचर र अटो मोवाइल सम्बन्धी पसलहरु सोमबार र बुधबार मात्रै खोल्न पाइने मापदण्ड तोकिएको छ।यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक सिलहरु, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ।सवारीसाधन मर्मतसम्बन्धी वर्कशप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ।
खाद्य वस्तु, डेरी र फलफूल तथा माछा मासु पसल बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ। निर्माण सामाग्रिसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने छ।सहकारी संस्थाहरु समेत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने छ।अत्यावश्यक सेवाका व्यवसाय तथा पसलहरु भने जुनसुकै समयमा खोल्न सकिने प्रशासनले जनाएको छ।
अरु के के निर्णय भए? तलको सूचना हेर्नुहोस्