काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ । मृत्युपछि पनि अहिले सुशान्त समाचारमा छाइरहेका छन् ।सुशान्त सिंह राजपुत निधन प्रकरणमा अनुसन्धानको क्रममा नयाँ खुलासाहरु हुँदै आइरहेको छ । यसैबीच यस घटनाको अनुसन्धानको क्रममा सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परिसकेकी छिन् ।
भारतिय मिडियाका अनुसार सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले उनलाई पक्राउ गरेको बताइएको छ । तर उनलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो ।सुशान्तको मृत्युसँग जोडिएको ड्रग्सको लेन देनको केसमा पक्राउ परेकी उनलाई लाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिएको भारतिय मिडियामा जनाइएको छ ।
एनसिबीले रियालाई १४ दिन न्यायिक हिरासतमा लिन माग गरेको थियो । रियाका वकिलले जमानत माग गरे पनि अदालतले वकिलको माग खारेज गरि १४ दिनको जेल सजाय सुनाएको हो ।सुशान्त जुन महिनाको १४ तारिखमा आफ्नै फ्ल्याटमा पासो लागेको अवस्थामा मृत भेटिएका थिए। अहिले यस घटनामा सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् ।