काठमाडौं २४ भाद्र काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट भएका यातायातका साधनमा जोरबिजोर प्रणालीको आधारमा सिट क्षमताभन्दा आधा यात्रु राखेर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
उपत्यकामा अत्यावश्यक वस्तु किनबेच बिहान ७ बजेदिख ११ बजेसम्म र बुलेका ५ बजेदिख ७ बजेसम्म गर्ने पाइने भएको छ । अन्य व्यापार व्यवसायका लागि बार तोकिएको छ ।
सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।
यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।