वीरगञ्ज, भदौ २३ गते ।
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
गत १४ साउनमा स्वाब संकलन गरेर परीक्षण गर्दा त्यही दिन उनमा कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार ती पुरुषमा कोरोनाका साथै टाइप टु डायबिटिजलगायत समस्या पनि थियो ।