काठमाडौं २१ भाद्र / स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारमा एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल होम क्वरेण्टीनमा बस्नुभएको छ ।
मन्त्री ढकालका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वरेण्टीनमा बस्नुभएको हो । उहाँको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् ।
कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेकाे उहाँको निजी सचिवालयले जनाएको छ ।