कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
गत बिहीबार कोरोना परीक्षणका लागि दिएको स्वाबको आइतबार आएको रिपोर्टमा पोजेटिभ देखिएपछि डीआईजी अर्याललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण देखिए पनि अवस्था सामान्य रहेका डीआईजी अर्याल आफ्नै क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।