काठमाडौं, १९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण देखिएकाे छ । स्राेतका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा मन्त्रालयका ‘उच्च अधिकारी’ नै रहेकाे जनाइएकाे छ ।
कर्मचारीमै काेराेना देखिएपछि भौतिक मन्त्री वसन्त नेम्वाङ पनि ‘होम क्वारेन्टाइन’मा बसेकाे जनाइएकाे छ । स्रोतका अनुसार क्वारेन्टाइनमा बसेकैले मन्त्री नेम्वाङ आज (शुक्रबार) को मन्त्रिपरिषद बैठकमा अनुपस्थित रहनुभयाे ।
संक्रमण देखिएका अधिकारी भने एक निजी अस्पतालको आइसोलेसनमा बसेकाे बताइएकाे छ । उहाँमा गत बुधबार भाइरस संक्रमण भएकाे पुष्टि भएको थियाे । संक्रमित अधिकारीसँग पुष्टि हुनुअघि अाइतबार मन्त्री नेम्वाङकाे भेट भएकाे देखिएकाले उहाँ हाेम क्वारेन्टाइनमै बस्नुभएकाे स्राेतकाे भनाइ छ ।