काठमाडौं – शुक्रबार देशका पहाडी भू-भाग र तराई भू-भागका केही स्थानमा बदली भई हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू-भागमा सामान्य बादली र तराई भू(भागमा आशिंक बादली रहने जनाइएको छ। अहिले मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ रहेको छ ।
आज दिउँसोपछि देशभर केही स्थानमा बदली रही हल्का देखि मध्यम पनी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने जनाइएको छ भनेप्रदेश १ तथा गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।