काठमाडौं – रातो मछिन्द्रनाथको रथ भीडभाड नगरी सांकेतिक रूपमा तानिने भएको छ । कोरोनाभाइरस फैलिरहेको बेला भीडभाड नगरी जात्राको विधि पूरा गरिने बताइएको छ ।
बिहिबार बेलुका गुठी संस्थान र स्थानीय प्रशासनबीच भएको छलफलमा मछिन्द्रनाथको रथ तान्ने काम सांकेतिक रूपमा पुरा गर्ने सहमती भएको बताइएको छ ।
बिहिबार दिउँसो कोरोनाको महामारीको समयमा निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
आज ललितपुरमा बिहान ४ बजेदेखि कर्फ्यु जारी गरिएको छ । आज कर्फ्यु लगाइएकोले रथ तान्ने काम असम्भव हुने भएकाले शनिबार सांकेतिक रूपमा रथ तान्ने बताइएको छ ।
शनिवारको दिन रथ तान्ने, पुजा गर्ने र रथलाई खटमा राखेर २२ भदौमा बुङमतीमा पुर्याइने बताइएको छ ।