काठमाडौं – चितवनमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बिहिबार चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ वटामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका–१, ४, १०, ११, १४, १६, १७ का १५ जना रहेको छन् । त्यस्तै नवलपुर गैडाकोट ५, ७, ९ का ३ जना रहेका छन् ।