काठमाडौं – बिहिबार देशका केही स्थानमा बदली रही मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम पानी परिरहेको छ । अहिले मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ रहेको छ ।
आज दिउँसोपछि देशभर सामान्यतया बदली रही केही स्थानमा पनी पर्ने सम्भावना रहेको छ भने बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै आज राति पनि देशका बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।