भदौ १७ गते ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट बुधबार थप १२ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको बताए । यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।
यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन् । क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ ।
पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।