काठमाडौं । झन्डै ६ महिनापछि आजदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु भएको छ । आन्तरिकतर्फका उडानलाई भने सरकारले आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिनेछ ।सरकारले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो ।
नयाँ उडान तालिकाअनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन्।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले मंगलबारको नियमित व्यावसायिक उडानका लागि दुइटा नेपाल वायुसेवा निगमको काठमाडौंबाट दोहा र कुवेत, हिमालय एयरलाइन्सको दोहा र चीन उडान हुनेछ । यसैगरी, एयर अरेबियाको विमान सार्जाबाट काठमाडौं आएर यात्रु लिएर फर्किनेछ ।