काठमाडौँ / सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरोले पुरिएर ३८ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी, दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ दोङ रहेका छन् ।
यस्तै प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता छन् ।
पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएकाे छ । पहिराले ३७ घरमा क्षति पुर्याएको बताइएकाे छ । पहिरोमा परी पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको चौतारा र १ गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।