काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका धेरै ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमितको दर हेर्दा कुनै पनि गाउँटोल बाँकी छन् जस्तो लाग्दैन ।
अख्तियार, न्यायालय, प्रहरी हेडक्वार्टर, बैंक, सपिङ मललगायत सबैतिर कोरोना संक्रमित भेटिएका छन् । यसैक्रममा काठमाडौंको ग्रीनहिल सिटी हाउजिङमा ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित ग्रीनहिल सिटी हाउजिङमा बसोबास गर्ने ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। ती सबै काठमाडौंमा व्यापार गर्ने रहेको बुझिएको छ ।
यसअघि काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिँदा निकै ठूलो तरंग सिर्जना भएको थियो । त्यसबेला अपार्टमेन्टमा बस्ने सबैको पिसिआर र आरडिटी परीक्षण गरिएको थियो ।