काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका प्रहरी, कोठा भाडामा बस्ने, व्यवसायीहरु लगायतमा कोरोना संक्रमण फेला परेको छ ।
यस्तै काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा पनि कोरोना संक्रमण देखिएको छ । कोटेश्वरको असर्फी टोलमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको जनाइएको छ ।
गएको साउन १८ गते ४ जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँका अन्यमा परिक्षण गर्दा थप १३ जनामा संक्रमण देखिएको हो । आइतबार १३ जनामा कोरोना संक्रमण भएको र संक्रमितमध्ये १० जनालाई अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ ।