• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • १००८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुशान्त सिंह राजपुतको मृत्यु झन् रहस्यमय बन्दै

  • संदेश पत्र
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • फाईल तस्विर

    बीबीसी । सुशान्त सिंह राजपुतले आफूले अभिनय गरेका चलचित्रका पात्रहरू जस्तो एउटा असाधारण जीवन बाँचे। तर उनको सामान्य सुरुवातदेखि लोकप्रियतासम्मको असाधारण जीवनयात्रा जुन १४ तारिखमा अन्त्य भयो जब उनी ३४ वर्षको उमेरमा आफ्नै कोठामा मृत अवस्थामा फेला परे।

    उनको मृत्युको खबरले उनका लाखौँ प्रशंसकहरू मर्माहत भए। मुम्बई प्रहरीले उनले आत्महत्या गरेको बताएको छ। भारतको अतिविपन्न राज्य बिहारमा हुर्किएका राजपुत एक उत्कृष्ट इन्जिनियरिङ कलेजमा भर्ना भएका थिए जुन एउटा मध्यम वर्गीय परिवारको उज्ज्वल भविष्य सुनिश्चित गर्ने माध्यम थियो।

    तर उनी अभिनय गर्न चाहन्थे। त्यसैले उनले कलेज छोडे र मुम्बई आए। मुम्बई एउटा त्यस्तो सहर हो जहाँ दैनिक हजारौँका सपना साकार हुन्छन् वा तुहिन्छन्। सुरुमा उनले सामान्य भूमिका रहेको पात्रको अभिनय गरे।

    एउटा टेलिभिजन सिरियल चर्चित नबन्दासम्म उनले सानो भूमिकामा अभिनय गरे। र टेलिभिजनमा चर्चित बनेसँगै उनले ठूलो पर्दाका चलचित्रमा पनि सफलता पाए। सानो सहरमा रहने युवाहरूको ठूलो हुने उद्देश्यसँग उनको जीवन मिल्ने भएकोले उनको मृत्युलाई थुप्रै प्रशंसकहरूले आफ्नै कोही आफन्त गुमाए जसरी लिए।

    उनको मृत्यु भएसँगै सुशान्तको करिअर, आर्थिक हैसियत, सम्बन्ध र मानसिक स्वास्थ्यबारेका अपुष्ट विवरणहरू पनि सामाजिक सञ्जाल र न्यूज च्यानलहरूमा छ्यापछ्याप्ती आउन थाले। उनको मृत्युपछि उनीसँग चिनजानमा रहेका कसैलाई पनि अन्तर्वार्ता लिन छोडिएन।

    उनका मनोपरामर्शदाता, पुराना सहयोगीहरू, साथीहरू, व्यवस्थापक, परिवार र सहकर्मी सबैसँग गरिएका थुप्रै अन्तर्वार्ता टिभी च्यानलहरूले प्रसारण गरे। प्रहरीले थोरैमात्रै विवरणहरू सञ्चारमाध्यमलाई दिइरहेका बेला उनको मृत्युसम्बन्धी रहस्यहरू थप गहिरो बन्दै गइरहेको छ।

    उनको मृत्युको केही दिनपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतीय चलचित्र उद्योगमा थोरै शक्तिशाली परिवार र निर्देशकहरूले अन्यायपूर्ण व्यवहार गरेका कारण उनले आत्महत्या गरेको दाबी गरे। उनीहरूले चलचित्र उद्योगमा उनको कुनै गडफादर नभएको र उनको प्रगति केहीलाई अस्वीकार्य भएको बताएका छन्।

    ठूलो लगानी रहेका चलचित्रहरूमा उनलाई पाखा लगाइयो भन्ने हालैका खबरहरूलाई उनीहरूले इङ्गित गरेका हुन्। राजपुतको मृत्युबारे मुम्बईको प्रहरीले अनुसन्धान गरिरहेको छ।

    आत्महत्याको कारण पत्ता लाग्छ कि भनेर प्रहरीले अहिलेसम्म चलचित्र उद्योगका ५० जनाभन्दा बढी मानिससँग अन्तर्वार्ता गरिसकेको छ। तर प्रहरी अधिकारीहरूले अन्तिम प्रतिवेदन भने तयार गरिसकेका छैनन्।

    सामाजिक सञ्जालमा केही निर्देशक र निर्माताहरूविरुद्ध थुप्रै आरोप लगाइएका छन् र त्यसले उनीहरूलाई गम्भीर असर पारेको छ। तिनैमध्ये एक करण जोहर हुन्। उनीमाथि अनलाइनमा धम्कीहरू आएका छन् र दुर्व्यवहारको पनि उनले सामना गरेका छन्। तर त्यस्ता धम्कीहरूमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

    परिचय खुलाउन नचाहने एकजना चलचित्र समीक्षकले सुशान्तको मृत्युले राम्रो सम्पर्क नभएकाहरूले काम गर्ने अवसर पाउँदैनन् भन्ने तीतो सत्यलाई बहसमा ल्याएको बताएका छन्। ‘तर व्यवसायिक प्रतिद्वन्द्विताले नै सुशान्तलाई त्यो अवस्थामा पुर्‍याएको हो कि होइन भन्ने हामीलाई थाहा छैन। अनुसन्धान नसकिँदासम्म हामीले प्रतिक्षा गर्नु्पर्छ,’ उनले भने।

    यो बहस चर्किरहेका बेला केही टिभी च्यानलहरूले आफ्नो ध्यान राजपुतकी प्रेमिका रिया चक्रवर्तीतर्फ मोडेका छन्। राजपुतका बुवाले चक्रवर्तीविरुद्ध आत्महत्याका लागि उक्साएको र पैसा हिनामिना गरेको आरोप लगाउँदै बिहार राज्यस्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्। चक्रवर्तीले भने आफूले कुनै पनि गलत काम नगरेको भन्दै राजपुतको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्री अमित शाहलाई ट्विटरमार्फत अपिल गरेकी छन्।

    टिभी च्यानल र वेबसाइटहरूले राजपुतको मृत्यु हुनुमा दुईवटा पक्षहरू रहेको भनिरहेका छन्। एकथरीले चक्रवर्ती र चलचित्र निर्देशकको व्यवहारले राजपुतले त्यो कदम चालेको दाबी गरेका छन् भने अर्काथरीले भने उनको मृत्यु निकै शङ्कास्पद भएको बताएका छन्। र आ-आफ्ना भनाइहरू प्रमाणित गर्न उनीहरूले आफ्नो नैतिक दायरा नाघेको मानसिक स्वास्थ्यविज्ञ डा। सौमित्र पठारेले बताए।

    राजपुतको ब्याङ्क खाताका विवरणसहित उनको मानसिक स्वास्थ्य र उनले लिइरहेका औषधिका विवरणबारे पनि समाचार बनेका छन्। डा. पठारेले आत्महत्याजस्तो संवेदनशील विषयमा समाचार बनाउने सम्बन्धमा सबै समाचारसंस्थामा आचारसंहिता हुनुपर्ने बताए। ‘तर दुखको कुरा, दर्शक सङ्ख्याको आधारमा चल्ने हाम्रो बजारमा धेरै च्यानलहरूले त्यो अनुसार गरेको देखिँदैन। एकले भन्दा अर्कोले बढी गर्ने प्रवृत्तिले उनीहरूले जिम्मेवारी बिर्सन्छन्,’ उनले थपे।

    सामाजिक सञ्जालमा राजपुतलाई फलो गर्ने लाखौँ युवाहरू छन् जो उनको मृत्युबारेका प्रत्येक नयाँ अफवाह वा घटनाक्रमहरू पढ्ने र हेर्ने गरिरहेका छन्। ती युवाहरू मानसिक रुपमा जोखिमपूर्ण अवस्थामा हुनसक्ने भन्दै सञ्चारगृहहरू समाचार बनाउँदा थप जिम्मेवार हुनुपर्ने डा. पठारे बताउँछन्। बिहारस्थित कङ्ग्रेस पार्टीका नेताहरूले सङ्घीय अनुसन्धान हुनुपर्ने माग गरेका छन्

    भारतमा मानसिक स्वास्थ्यको मुद्दा धेरै हदसम्म सम्बोधन गरिएको छैन र यसबारे वर्षौँदेखि गलत सन्देशहरू दिइँदै आइएको छ। ‘हाम्रा चलचित्रहरूले वितृष्णामा भएको मानिसलाई पागल वा सधैँ दुखी रहने व्यक्ति जस्तो गरी देखाउँछ,’ डा। पठारेले भने। ‘डिप्रेसनमा भएको मानिस सधैँ उदास हुन्छ भन्नु एउटा कल्पित कुरा हो,’ उनले थपे।

    राजपुतले मृत्यु अगाडिका कस्ता सामग्री इन्टरनेटमा खोजिरहेका थिए भन्ने विवरणहरू सार्वजनिक गरेको भन्दै मुम्बई प्रहरीको पनि आलोचना भएको छ। सुशान्तको गृहनगर बिहारमा यो वर्षको अन्त्यतिर चुनाव हुँदैछ।

    त्यसैले नेताहरू उनको परिवारलाई न्याय दिनका लागि लडेको देखिन चाहन्छन्। बिहारका मुख्यमन्त्री नितिश कुमारले उक्त मुद्दालाई सङ्घीय अनुसन्धान निकाय एफबीआई वा केन्द्रीय अनुसन्धान निकाय सीबीआईले अनुसन्धान गर्न सिफारिस गरेका छन्। उनीसँग सङ्घीय सरकारमा गठबन्धमा रहेको भारतीय जनता पार्टीले पनि सिफारिस स्वीकार गरेको छ र सीबीआईले अनुसन्धान सुरु गरेको छ।

    बीबीसी नेपालीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution