काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको उक्त पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए ।
साउन १७ गते कोरोना संक्रमित भएका उनको आइसीयुमा उपचार भइरहेका थियो । यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।