नेपाली हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा कोरोना कहर बीच पनि नेपाली सांगीतिक बजारमा तीज गीतहरु घंकीरहेका छन् । कुनै गीत कोठामा त कुनै बारीको पाटामा त कुनै घरको छत छतमा ।
यसै बीच अमेरिकामा कोरोना कहर बीच पनि भिडियो छायांकन भएको छ । साना नानीहरुको फुर्सदको समयलाई सदुपयोग गर्दै काठमान्डौबाट सुमन सागर जंग के.सी. को प्रशिक्षणमा ‘अनलाइन डान्स कलास’ मार्फत यो सम्भब भएको थियो ।
यस गीतमा कोरोना भाइरसको कारण बिस्व आक्रान्त भिरहेको र बिधार्थीहरु पनि मर्कामा परेको साथै पोहोर साल पढेका कुराहरु अहिले बिर्सिएको सान्दर्भ उल्लेख गर्दै बिधार्थी र शिक्षक बिचको वार्तालाप प्रस्तुत गरिएको छ ।
उक्त गीतमा लय तथा शब्द सिर्जना कुशल बेल्बासेले गरेका हुन भने स्वर कुशल बेल्बासे र शान्तिश्री परियारको रहेको छ । यस गीतको छायांकन अमेरिका स्थित टेक्सास राज्यमा रहेका नेपाली सामुदायका बिचमा मोहन केसीले गरेका हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् ।
अनलाइन मार्फत कोरियोग्राफी र निर्देशन गरेका प्रशिक्षक सुमन सागर जंग के.सी.ले यो नयाँ कार्य र प्रयोगले आफुलाई पनि थप हौसला मिलेको बताएका छन् । अनलाइन मार्फत डान्स र अभिनय सिकेका साना नानीहरु शिखा केसी र सुश्रीम आचार्यको अभिनय रहेको उक्त भिडियोमा केदार आचार्यको शिक्षकको भूमिका रहेको छ ।
भिडियो हेर्नुहोस्