काठमाडौं, १३ भाद्र । काठमाडौ उपत्यकामा कोरोना भाइरसको संक्रमित दिनहुँ थपिने क्रम चलिरहेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा १८६ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हुन् ।
उपत्यकामा दैनिक एक सयभन्दा बढी संक्रमित संख्या थपिइरहेको छ । हिजो सर्वाधिक संक्रमित थपिएको रेकर्ड छ ।
उपत्यकामा संक्रमणको रोकथामका लागि निषेधाज्ञा जारी भएपनि संक्रमित संख्या थपिइरहेको छ ।