दमक ,भाद्र १२ /झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४ गते बिहान ६ बजेदेखि भाद्र २० गते राति १२ बजे सम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।
सो समय अवधीमा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने बताइएको छ । यस्तै दैनिक उपभोग्य समाग्री खरिद गर्न तोकिएको पसलमा गई सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपाय अपनाई किनमेल गर्न पाइने तर भिडभाँड गर्न पाइने छैन ।
औषधी पसलहरु खुल्लै रहने तथा अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । दैनिक उपभोग्य सामाग्री भने बिहान ६ बजे देखि ९ बजेसम्म ढुवानी गर्ने समय तोकिएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।
निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ । दमकमा कोरोना संक्रमितको संस्या ८१ रहेको छ । संक्रमित बढ्दै गएपछि गत साउन ३२ देखि निषेधाज्ञा कायम गरदै आएको छ ।
निषेधाज्ञाको समयसिमा भोली भाद्र १३ गते राति १२ बजेसम्म रहने छ । त्यसपछि पनि निषेधाज्ञा थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।
हेर्नुहोस् निर्णय